अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिक: प्रधानन्यायाधीश
वि.सं.२०७८ साउन २५ सोमवार
shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफंैले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै यसअघि अध्यादेशबाट गरिएको संवैधानिक आयोगको नियुक्ति सिफारिस संवैधानिक भएको दाबी गरेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नेतृत्वमा भएको संवैधानिक आयोगको नियुक्ति गैरसंवैधानिक भन्न नमिल्ने प्रधानन्यायाधीशको जिकिर छ । सरकारले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले २३ माघ २०७७ मा सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा विपक्षी बनाइएका प्रधानन्यायाधीश जबराले आफ्नै नेतृत्वमा रहेको सर्वोच्चमा संवैधानिक परिषद्को सदस्यको हैसियतमा लिखित जवाफ पेस गरेका हुन् ।
२५ माघ २०७७ मा सभामुख सापकोटाको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । ३० मंसिर २०७७ र त्यसपछिका नियुक्तिका विषयमा जवाफ पेस गर्दै प्रधानन्यायाधीश जबराले यस्तो जिकिर गरेका हुन् ।
राणाले लिखित जवाफमा भनेका छन्, ‘संवैधानिक परिषद्को मिति २०७७-८-३० मा बसेको बैठकको निर्णय उक्त बैठकको गणपूरक संख्या पुगेको र उपस्थित सबैको सर्वसम्मतिको आधारमा निर्णय भएको अवस्था एकातर्फ रहेको छ भने अर्कोतर्फ तत्काल बहाल रहेका पदाधिकारीको बहुमत सदस्यको सर्वसम्मतिबाट निर्णय भएको अवस्था हुँदा मिति २०७७÷०८÷३० गतेको संवैधानिक परिषद्को बैठकमा गणपूरक संख्या नै नपुगी बैठक बसी निर्णय गरेकाले प्रारम्भिक रूपमै उक्त बैठक अवैध रहेको भनी लिएको जिकिर कानुनसम्मत नरहेकाले रिट निवेदन खारेजभागी छ ।’
प्रधानन्यायाधीश राणाले रिट निवेदकले लिएको जिकिर संविधान र कानुनसम्मत भएको नदेखिएकाले रिटको औचित्य नभएको प्रस्ट्याएका छन् । राणाले लिखित जवाफमा नेपालको संविधान धारा २८४ ले प्रधानन्यायाधीश, संवैधानिक निकायको प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था गरेको उल्लेख गरेका छन् । संवैधानिक परिषद्लाई संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर संवैधानिक परिषद्सम्बन्धी ऐनमा रहेर बसेको बैठकले गरेको निर्णय संविधान र कानुनसम्मत नै रहेको हुँदा निवेदकको जिकिर औचित्यपूर्ण नभएको उनले बताएका छन् ।
राजधानी दैनिकमा समाचार छ।
































