मेस्सी र पीएसजीबीच दुई बर्षका लागि सम्झौता भयाे:स्पेनिस खेल पत्रिका मार्का

16.8K
shares
Nabil bank

एजेन्सी। अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन पीएसजीमा दुई बर्षका लागि रहने गरि हस्ताक्षर गर्दै छन्। केहिदिन अघि मात्र मेस्सीले बार्सिलोना छाडेका थिए।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार मेस्सी र पीएसजीबीच दुई बर्षका लागि सम्झौता भएकाे जनाइएकाे छ। तर त्यसलाई औपचारिकता दिन भने बाँकी छ।

बार्सिलोनाबाट तलबमा सहमति नभए पछि नचाहँदा नचाहँदै मेस्सी बार्साबाट अगल भएका थिए।

मेस्सीले नयाँ सिजन पीएसजीमा पूर्व सह खेलाडी नेमार जुनियर, केलिएन एमबाप्पे, सर्जियो रामोसजस्ता खेलाडीसँग सँगै खेल्नेछन्।

मेस्सीको आगमनले पीएसजी थप बलियो क्लब हुने अनुमान गरिएको छ।

मेस्सीलाई स्वागत गर्न पीएसजीले आइफिल टावर भाडामा लिइसकेकाे समेत समाचारहरुमा उल्लेख गरिएकाे छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x