मेस्सीले पिएसजीमा जर्सी नम्बर ३० काे प्रयोग गर्ने
वि.सं.२०७८ साउन २७ बुधवार
14.1K
shares
shares
एजेन्सी। बार्सिलोना छोडेका स्टार फुटबलर लियोनल मेस्सीले फ्रेन्च क्लब पीएसजीमा औपचारिक रूपमा आबद्ध भएका छन् ।
बार्सिलोनामा रहँदा जर्सी नम्बर १० काे प्रयोग गरेका मेस्सीले पिएसजीमा भने ३० नम्बरकाे जर्सी प्रयोग गर्ने छन्। उनले आफ्नो फुटबल करियरमा १० नम्बरकाे जर्सी बार्सामा रहँदा धेरै उपलब्धि हासिल गरेका छन्।
यसअघि पिएसजीका जुनियर नेयमारले मेस्सीका लागि जर्सी नम्बर १० छाेडि दिने उद्घाेष गरेपनि उनलाई पिएसजीले ३० नम्बरकाे जर्सी प्रदान गरेकाे हाे ।
मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन्।
पिएसजीले फ्री एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेकाे छ,भने प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो ।
Subscribe
0 Comments
Oldest
































