अष्टलक्ष्मीले भनिन् ‘मैले माधव नेपाललाई धोका दिएको छैन’

9.2K
shares
Nabil bank

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले माधव नेपालकै पक्षमा रहेको बताएकी छिन् ।

आफु मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ भएको धारणा राखेकी शाक्यले आफुलाई यता उता लागेको भनेर गलत टिप्पणी गरेको धारणा राखिन् ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाक्यले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् ।

आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै आफूले नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न आग्रह गरिन् ।

आफु पार्टी एकताको पक्षमा रहेको भन्दै उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x