अफगानिस्तानको महिला फुटबल टिमका सदस्यहरुको उद्धारका लागि पहल

22.9K
shares
Nabil bank

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अफगानिस्तानको महिला फुटबल टिमका सदस्यहरुको उद्धारका लागि विश्वका विभिन्न देशका सरकारलाई पत्र लेखेको छ ।

तालिबानको नियन्त्रणमा आएको अफगानिस्तान महिला फुटबलरका लागि जोखिमपूर्ण रहेको भन्दै फिफाले उद्धारका लागि आग्रह गरेको हो ।

खेलाडीहरुले आफ्नो जीवन जोखिममा परेको भन्दै सहयोगका लागि अपील गरेका छन् । खेलाडीहरुको संस्था फिपप्रोले पनि सहयोगका लागि आह्वान गरेको छ ।

उद्धार योजनाका लागि सरकारहरुसँग सम्पर्क गरिएको र जति सक्दो धेरैको उद्धार गर्ने प्रयास भइरहेको फिपप्रोले उल्लेख गरेको छ। फिफाले अफगानिस्तानको अवस्था अस्थिर र निकै चिन्ताजनक रहेको बताएको छ।

गएको हप्ताको आइतबार तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएसँगै धेरै खेलाडीहरु सार्वजनिक हुन चाहेका छैनन्। अफगानिस्तानमा सन् २००७ मा पहिलो राष्ट्रिय महिला टोली बनाइएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x