मेस्सीले फ्रान्सेली क्लब पिएसजीबाट आज डेब्यु गर्दै

19.4K
shares
Nabil bank

काठमाडौं।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पिएसजीबाट आज डेब्यु गर्न भएका छन्।

आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन्।

खेल अघि पीएसजीले सार्वजनिक गरेको अन्तिम २२ खेलाडीको नाममा मेस्सी समेटिएका हुन्। खेल नेपाली समयअनुसार आइतबार मध्यराति साढे १२ बजे सुरु हुनेछ।

मेस्सीसँगै नेयमार र केलियन एम्बाप्पेसमेत लिष्टमा छन्। तिनै खेलाडीले पीएसजीको अट्याकिङ लाइन समाल्ने अनुमान गरिएको छ। अर्का स्ट्राइकर इकार्डीले चोट बोकेपछि मेस्सी राइम्सविरुद्ध देखिने भएका हुन्।

तर, अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएपछि मैदान नउत्रिएका मेस्सी सुरुवाती ११ मै खेल्नेमा भने शंका रहेको छ। पूर्णरुपमा फिट नभएकाले मेस्सी दोस्रो हाफमा डेब्यु गर्न सक्छन्।

उनी सुरुवाती ११ मै खेलेर पनि मैदान छाड्न सक्छन्। मेस्सीले अन्तिमपटक कोपा उपाधि जित्दा ११ जुलाईमा खेलेका थिए। ‘उनी धेरै खेल्न पे्ररित छन्’, पीएसजी बोस माउरिको पोचेटिनोले भने।

यसअघि तीन खेल खेलिसकेको पीएसजी तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलको पीएसजीसँग ३ खेलबाट ९ अंक रहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x