सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

1.1K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङले पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सो क्रममा उनले पार्टीमा युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए ।

‘अहिले कांग्रेसमा महिला, आदिवासी–जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन् । यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?,’ उम्मेदवारी घोषणाका क्रममा आफ्ना योजनाबारे जानकारी दिँदै गुरुङले भने । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals