गृहका दुई विज्ञप्ति: अभिव्यक्ति स्वतन्त्रतामा अंकुश !
वि.सं.२०७८ भदौ २१ सोमवार
shares
काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार लगातार निकालेको विज्ञप्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात गरेको भन्दै नागरिकस्तरबाट सर्वत्र विरोध र आलोचना भएको छ ।
मौलिक हकअन्तर्गत नेपालको संविधानको धारा १७ को उपधारा २ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता हुने प्रस्ट व्यवस्था गरिएको छ । तर, सरकार आफैंले मौलिक हकको सशक्त कार्यान्वयन गर्नुपर्नेमा गृह मन्त्रालय आफैंले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको पाइएको छ ।
सरकारले पछिल्लो समय जारी गरेका चेतावनीपूर्ण दुई विज्ञप्तिमा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने नियत लुकेको भन्दै नागरिकस्तरबाट यसको चर्को विरोध भइरहेको छ ।
गृह मन्त्रालयले गत शुक्रबार विज्ञप्ति प्रकाशित गरेरै नेपालमा निकै विवादित र आलोचित बन्दै आइरहेको अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोधमा अभिव्यक्ति नदिन चेतावनी दियो । राजधानी दैनिकमा समाचार छ।
































