आइसिसी विश्वकप लिग–२ : नेपालले पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दै

13.3K
shares
Nabil bank

नेपालले आज पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दैछ। याे खेल नेपाल र‌ पपुवा न्यूगिनीबिचकाे दुई एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेल हाे।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले र पिएनजीको असाद भालाले कप्तानी गर्नेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले १९ महिनापछि एक दिवसीय क्रिकेट खेल्न लागेको हो ।

पछिल्लो पटक नेपालले २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग त्रिवि मैदानमा एकदिवसीय क्रिकेट खेलेको थियो ।

नेपाल र पपुवा न्यूगिनीबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सले गर्ने छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशन भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहितकुमार पौडेल छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x