ओपोह्याक २०२१ : ६ विजेता टेक स्टार्टअप्स्को घोषणा
वि.सं.२०७८ भदौ २३ बुधवार
shares
भदौ २३ २०७८, काठमाडौं । ओपोले भरखरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ । तिनमा, स्टेफन स्मिथ (यूनिभर्सिटी अफ वाटरलूका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस रिसर्च सेन्टरका एसोसिएट डिरेक्टर)का ४ अन्तरदृष्टिय कार्यशालाहरु पनि सम्मिलित थिए ।
जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधि प्रेमीहरु माझ निकै रुचाइएको थियो । ईभेन्टमा सहभागिताका लागि चीन, हंगकंग, यूनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, यूनाइटेड किंगदम, भारत लगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरु प्राप्त भएको जानकारी दिइएको छ । ४०० भन्दा बढी ब्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए । ती मध्य उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो । यसलाई ईन्टरनेट मार्फत लाइभ स्ट्रिमपनि गरिएको थियो ।
-ओपोह्याक फाइनल ईभेन्ट सप्ताहन्त लाइभ

स्ट्रिमिंगप्रतियोगीहरुलाई सिडिंग ग्रुप र ग्रोईंग ग्रुपका रुपमा तिनका कम्पनीको स्थिती अनुसार विभाजन गरिएको थियो । दूई प्रतिस्पर्धी समूह मध्यबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो । सम्मानितहरु यस प्रकार रहेका छन्—ः

-तेस्रो स्थान
ओपोह्याक, नयाँ प्राविधिक उद्यमीहरुका लागि तिनको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउँदै अन्तरराष्ट्रिय सहयोगी समूह तथा अनुसन्धान संस्थाहरुसंग सम्बन्ध निर्माणका लागि सघाउने सोचका साथ अघि सारिएको ओपोको एक प्रारम्भिक पहल हो ।
‘आई क्रिएट डियरफोर आई एम ।’ नाराले प्रस्ट्याए झैँ, ओपोह्याक २०२१को मूल उद्देश्य प्राविधिक उद्यमी तथा लगानीकर्ता दूबैका लागि खुला प्ल्याटफर्म उपलब्ध गराउँदै, आशाजनक स्टार्टअपमा लगानी गरी अत्याधुनिक प्रविधि तथा नवप्रबर्तनलाई बढावा दिनुका साथै, ओपोको ग्लोबल प्राविधिक पर्यावरन प्रणालीलाई अझ समृद्ध बनाउनु पनि हो ।






























