आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ : ओमानसँग नेपाल ५ विकेटले पराजित
वि.सं.२०७८ भदौ ३० बुधवार
shares
आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।
ओपनर जतिन्दर सिंहकाे शतकीय पारीकाे मद्दतमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेकाे हाे। नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा पुरा गरेकाे थियाे।
सिंहले विष्फोटक ब्याटिङ गर्दै १२ चौका र ६ छक्काकाे मद्दतमा १०७ रन बनाउदा मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए ।
त्यस्तै करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाए। ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए ।
































