प्रभावकारी बन्दै वृज सिमेन्टको एक्सपर्ट मेशन क्लब : क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख सहयोग

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका मृत्यु भएपछि परिवारलाई कम्पनीले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल , उहाँकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो ।

सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया विमा बापतको रकम हस्तान्त्रण गरेको हो । कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जि=सी=ले मृतककी छोरी कुमारी मल्ललाई पाँचलाखको चेक हस्तान्तरण गर्नु भएको थियो । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बिमा योजना अगाडी बढाएको छ ।

देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरेर विमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलले कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुषगरी कार्यक्रम ल्याएको बताउनु भयो ।

उक्त कार्यक्रमलाई अझैं प्रभावकारी र फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब”मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पास बुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिनेछ । कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनकालागि देशकाविभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची,गुल्मी,पाल्पा,कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशनक्लब”मा आवद्ध गरिसकेको वृज सिमेन्टले जनाएको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमीहरुलाई यस क्लबमा आवद्ध गराउने र क्लबमा आवद्ध सदस्यहरुलाई आवश्यक सहयोग जुटाउने योजना वृज सिमेन्टको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro