संसदको गतिरोध हट्ने मन्त्री कार्कीको विश्वास

20.2K
shares
Nabil bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग संवादमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अबरोध पनि हट्ने र बजेट पनि पारित हुने विश्वास व्यक्त गरे । विराटनगर पुगेका मन्त्री कार्कीले संवादाताहरुसँग भने, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’

मन्त्री कार्कीले विश्वासका साथ भने, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन ।’ विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग संसदको गतिरोध हटाएर बजेट पारित गर्ने वातावरण बनाउन विपक्षी दलसँग संवाद थालिसकिएको जानकारी उनले दिए । मन्त्री कार्कीले बिहीबार मात्र नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट पुगेर संवाद गरेका थिए ।

यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको उनले बताए । त्यसक्रममा अत्यावश्यकीय अध्यादेश पारित गर्नका लागि विपक्षीको सहयोग मागिएको कार्कीको भनाइ थियो ।

एमालेले लगातार संसदमा अवरोध गर्दा सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा बिहीबारदेखि नै सरकारले खर्च गर्न नपाउने भएको छ ।

सरकार सहमति र सहकार्यका साथ अघि बढ्ने भन्दै उनले एमसीसी विकास परियोजना भएकाले राजनीतिकरण नगर्न सबैसँग अपील गरे । इतिहासमै पहिलो पटक आएको ठूलो अनुदान फर्केने अवस्था आएमा राम्रो सन्देश नजाने उनको भनाइ थियो । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x