अशोक लेलैण्ड दशैँ तिहारको बहार, सियाेर सटको साथै बम्पर उपहार
वि.सं.२०७८ असोज ६ बुधवार
shares
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयो । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नुहुनेछ ।
अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १४ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ । ग्राहकहरुले प्रत्येक ICV Haulage, MCV वा बस खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 pro max अथवा TVS स्कुटर पाउन सक्नु हुनेछ, भने माथि उल्लेखित गाडीहरु मध्ये ICV Haulage, MCV Tipper वा बस मध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा Apple Mac Book Pro अथवा Iphone 12 Pro max पाउन सक्नु हुनेछ । कुनै पनि Royal Enfield 350 CC Bullet Bike साथै MCV Tipper टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 Pro Max अथवा Tvs Ntorq Scooter पाउन सक्ने हुनेछ। त्यस्तै गरी दुई वटा टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा Apple Mac Book Pro / Iphone 12 Pro Max, Royal Enfield 350 CC Bullet Bike पनि पाउन सक्नु हुनेछ । ज्ऋख् तथा क्ष्ऋख् टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नु हुनेछ ।
यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ४ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।





























