लिग कपमा वेष्ट ह्यामसँग युनाईटेड पराजित

22.4K
shares
Nabil bank

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । पहिलाे चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी शुट आउटमा पाखा लगाउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो ।

यसैगरि वुल्भरह्याम्पटन वान्डरर्सलाई पेनाल्टी शुट आउटमा ३–२ ले हराउँदै टोटनह्याम हट्सपर पनि प्रतियोगिताको चौथो चरणमा पुगेको छ । गएरातिको अर्को खेलमा आर्सनलले विम्बल्डनलाई ३–० ले हराउँदा लेष्टर सिटीले मिल्वालमाथि २–० को जित निकाल्यो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x