आईपीएल: हैदरावाद माथि पञ्जाब किंग्सको रोमाञ्चक जित

11.2K
shares
Nabil bank

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं सिजनको ३७ औं खेलमा पंजाब किंग्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ।

यो जितसँगै पञ्जाबको प्लेअफमा पुग्ने आशा जीवित छ। अंक तालिकाको पाँचौ स्थानमा रहेकाे पञ्जाबकाे १० खेलमा आठ अंक छ।

पन्जाबले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनायो। जवाफमा सनराइजर्स टिमले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनायाे।

१२६ रन पछाएकाे हैदरावादको सुरुवात राम्रो थिएन्। डेभिड वार्नर २ र कप्तान केन विलियमसनले मात्र एक रन बनाउन सके। फास्ट बलर मोहम्मद शमीले दुबै विकेट लिए। टोलीले ६० रनमा ५ विकेट गुमाएको थियो।

मनिष पाण्डेले १३, केदार जाधवले १२ र हिद्धिमान साहले ३१ रन बनाए। लेग स्पिनर रवि बिष्णैले २४ रन दिएर ३ विकेट लिए। जेसन होल्डर ४ रन बनाएर अपराजित रहे, तर उनी टोलीलाई जित्न सकेनन्। उनले २ बलमा ५ छक्का प्रहार गरे। हैदराबादले अन्तिम ३ ओभरमा ३० रन बनाउनु परेको थियो। तर पन्जाबका बलरले हैदराबादका ब्याट्सम्यानलाई रन बनाउन दिएनन्।

-पञ्जाब किंग्सको पारी यस्तो थियो

यसअघि सनराइजर्स हैदराबादका कप्तान केन विलियमसनले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरे। पञ्जाबलाई पारीको ५ औं ओभरमा पहिलो झटका लाग्यो र केएल राहुल (२१) लाई सुचितको हातमा जेसन होल्डरले क्याच आउट गरे। उनले २१ बलमा ३ चौका प्रहार गरे। उही ओभरको ५ औं बलमा मयंक अग्रवाल (५) पनि पवेलियन फर्किए र विलियमसनको हातमा क्याच आउट भए। दुबै खेलाडीले पहिलो खेलमा बलियो ब्याटिङ गरेका थिए।

क्रिस गेल पनि धेरै गर्न सकेनन् र १ चौकाको मद्दतमा १७ बलमा १४ रन बनाएर राशिद खानको शिकार बने। पंजाबका लागि एडन मार्करमले २७ रन बनाए। जेसन होल्डरले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए। फास्ट बलर सन्दीप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल समदले १-१ विकेट लिए।

त्यस्तै आईपीएल -१४ को ३८ औं खेलमा राजस्थान रोयल्स (आरआर) लाई दिल्ली क्यापिटल्स (डीसी) को विरुद्ध ३३ रनले पराजित हुनपुग्यो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x