काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै
वि.सं.२०७८ असोज १२ मंगलवार
25.3K
shares
shares
काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल अन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरुहुने खेलमा काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।काठमाडौंले पहिलो खेल जितेको थियो भने पोखराले पहिलो खेल बर्षाका कारण एक अंकमा चित्त बुझाएको थियो ।
आज मंगलबार पनि दिउँसो १ बजेपछि कीर्तिपुर क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।पानी परेमा आजको खेल पनि प्रभावित हुने छ ।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने पोखरा विनोद भण्डारीको कप्तानीमा छ ।
सोमबारका दुवै खेल बर्षाका कारण प्रभावित भएका थिए ।
Subscribe
0 Comments
Oldest
































