ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

1.2K
shares

असोज १२, २०७८, काठमाडौं । अग्रणी वैश्विक प्राविधिक ब्राण्ड, ओपोले ओपो रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ । तिनको छनोट सहभागि ३ हजार ३ सय ५४ कलाकृति मध्यबाट गरिएको हो । ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवल २०२१लाई हस्तान्तरण गरेको छ । ती कलाकृतिहरु मार्फत नवोदित कलाकारका सिर्जनशिल प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु ओपोको उद्देश्य हो ।

-रचनात्मक युवाहरुका आँखा मार्फत भविष्यको अन्वेषण

यस बर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो । ती मध्य तिनले आर्ट टेक र आर्ट टोय गरी दूई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो ।

केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१मा विश्वभरका ५० देश तथा क्षेत्रबाट उदयिमान कलाकारहरुले ३ हजार ३ सय ५४ ब्यक्तिगत प्रविष्टिहरु मार्फत आफ्ना कलाकृति पेश गरेका थिए । कलाकृतिहरुको नविनतम, कलात्मकता, ब्यवहारिकता तथा अभिब्यक्तिको स्तरका आधारमा मूल्यांकन पश्चात समग्र कलाकृति मध्यबाट उत्कृष्ट १०को चयन गरिएको हो ।

ओपो रेनोभेटर्स ईमर्जिंग आर्टिस्ट्स प्रोजेक्ट २०२१मा विजेताका रुपमा छनोट भएका कलाकार तथा तिनका कलाकृतिहरु यस प्रकार रहेका छन् ः

‘प्वाईन्ट टू प्लानेट : पर्सिभिंग नेचर विथ लाइट’ – हेन्ग्यु झाओ र चोंगशो यिन, २०२१ आर्टिस्टिक क्रिएटिभिटी अवार्ड;

‘ड्रिमक्याचर–ओ’ – सिनी झाओ, २०२१ डिजाइन फ्यूचर अवार्ड;

‘टाईम ट्राभलर—पंक सुपरम्यान–ओ’ – रुओफ्यान संग, २०२१ ब्राण्ड एप्लिकेशन अवार्ड;

‘ अटोजिन’ – पिटर विलियम होल्डेन, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

‘ग्लोबल यूथ आन्ट्रप्रेनुअरशिप प्रोग्राम’–लुयांग व्यांग, २०२१ ब्राण्ड एप्लिकेशन अवार्ड;

‘एआई ईन्टेलिजेन्ट स्पेस’ जियानवेन ली, २०२१ क्रिएटिभ एक्सिलेनसी अवार्ड; गेनजुआन ट्यान, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

‘अटोनोमी अफ प्लान्ट्स’ – लियांग सियाओ, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

‘एआर ग्राफिटी’ – डब्ल्यूईआरसी , २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

‘प्रोजेक्ट कभर अप’– रोंलिंग ट्यांग, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

-रेनोभेटर्स २०२१का उत्कृष्ट १० कलाकृति

पछिल्ला केही महिनामा डिजिटल मिडिया, अन्तरक्रियात्मक अनुभव, स्टेज ईन्स्टलेशन, वेयरेवल डिभाइसेज, जैविक तथा भौतिक डिजाइन लगायत माध्यमका प्रयोगद्वारा प्रविधि, मानवता, पर्यावरण संरक्षण, जीवविज्ञान, इतिहास, सामाजिक अन्तरक्रिया र वर्तमान प्रबृत्ति लगायत विषय अन्तर्गत ओपो रेनोभेटर्स २०२१का लागि विश्वभरबाट हजारौँ कलाकृतिहरु पेश गरिएका थिए । पेश गरिएका कलाकृति मार्फत उदयिमान कलाकारहरुले मानव, प्रविधि र प्रकृतिसंग तिनको सम्बन्ध र कसरी तिनका माध्यमबाट सबैका लागि सुन्दर भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गरिएका छन् ।

हेन्ग्यु झाओ र चोंगशो यिनको आर्ट टेक क्याटेगरी अन्तर्गत पेश गरिएको ‘प्वाईन्ट टू प्लानेट पर्सिभिंग नेचर विथ लाइट’ मार्फत यि दूई कलाकारले साधारणतया हामीले बेवास्ता गर्ने अदृष्य तथा चुपचाप हुने प्रक्रियालाई कसरी बुझ्न सकिन्छ भनी अन्वेषण गरेका छन् । सिनी झाओद्वारा आर्ट टोय क्याटेगरी अन्तरगत पेश गरेको ‘ड्रिमक्याचर–ओ’ले सपना देख्ने हरेक ब्यक्तिलाई विश्वकै लागि चहकिलो प्रकाशका रुपमा हेर्दै तिनका साथमा सहकार्य गर्दै तिनका सपनाको संरक्षण गर्न उद्देश्य बोकेको छ ।

civil hospital
Hams Hospitals