आईपीएल : पञ्जावविरुद्ध मुम्बईकाे सहज जित
वि.सं.२०७८ असोज १३ बुधवार
10.5K
shares
shares
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इण्डियन्सले पञ्जावविरुद्ध जित हात पारेको छ।
पञ्जाव किङ्सले दिएको १३६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गरेकाे थियाे। मुम्बईका लागि शौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए भने हार्दिक पाण्डेयले ४० रन जोडे। कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा किरोन पोलार्ड १५ रनमा नटआउट रहे ।
पञ्जावका लागि आइडेन मार्करमले सर्वाधिक ४२ रन बनाउँदा कप्तान केएल राहुल २१ रनमा आउट भए भने क्रिश गेल १ रनमा एलविडब्ल्यु भए । जीतसँगै मुम्बई अंकतालिकाको ५ औं स्थानमा उक्लिएको छ भने पञ्जाव छैटौं स्थानमा पुगेको छ ।
Subscribe
0 Comments
Oldest
































