हुवावेले ‘भविष्यको लागी बीउ’ को शुभारम्भ

काठमाडौँ। चीनियाँ टेक कम्पनि हुवावेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको बिश्वब्यापी कार्यक्रम ‘भविष्यको लागी बीउ’ को नेपालमा पनि शुभारम्भ गरेको छ। यो कार्यक्रम अन्तर्गत अब हुवावेले नेपालका आइटी स्नातक २० जना बिद्यार्थीलाई अन्तराष्ट्रिय कार्यक्रममा सहभागी गराउने छ।

यो कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा शुरू भएको थियो। तब देखि १३० देशहरु र क्षेत्रहरुबाट ९ हजार विद्यार्थीहरुले यो कार्यक्रममा भाग लिएका छन्। कार्यक्रमले बिद्यार्थीहरुलाई अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपामा आईसीटी उद्योगमा पहिलो अन्तराष्ट्रिय अनुभव प्रदान गर्दछ। अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरु फाइभ जी, क्लाउड कम्प्युटिङ र एआई सहित प्रमुख प्रविधिहरुमा उन्नत शिक्षा प्राप्त गर्नेछन्।

विद्यार्थीहरुलाई हुवावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालमा आइसीटी उद्योगमा पहिले सिकाएर अनि मात्र बिदेशमा लगिने छ। यो कार्यक्रममा भागलिन बिद्यार्थीहरुले www.seedsnepal.com मा लग ईन गरेर प्रक्रिया पुरा गर्नुपर्ने छ।

Shangri-la Development Bank Ltd.
Nepali patro