भारतलाई टि–२० विश्वकप क्रिकेटमा हराए पाकिस्तानले ब्ल्यांक चेक पाउने घोषणा

Ghorahi cement

भारत र पाकिस्तानबीच जम्मु–कस्मिर लगायत सीमाको विषयमा दशकौंयता विवाद छ। यी देशबीचको दुश्मनी क्रिकेट खेलमा पनि उत्तिकै झल्किन्छ।

यदी कुनै क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच खेल भयो भने त्यसलाई युद्धकै रुपमा लिइन्छ। यसबीचमा आगामी अक्टोबर २४ मा हुने टि–२० क्रिकेटमा पाकिस्तानको टोलीले भारतलाई पराजित गरेमा पाकिस्तानी क्रिकेट बोर्डले ब्ल्यांक चेक पाउने भएको छ।

पाकिस्तानी क्रिकेट बोर्डका अनुसार पाकिस्तानमा धनाढ्य लगानीकर्ताहरुले भारतको क्रिकेट टोलीलाई पराजित गर्न आग्रह गरेका छन्। त्यसको बदलामा पाकिस्तानी क्रिकेट बोर्डले ब्ल्यांक चेक पाउनेछन्।

यसको अर्थ पाकिस्तानी क्रिकेट बोर्डले मागेजति पैसा प्राप्त गर्नेछन्।

पाकिस्तानी क्रिकेट टोलीले ५० प्रतिशत सहयोग अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट प्राप्त गर्दछ। आईसीसीलाई सबैभन्दा बढी सहयोग दिने राष्ट्र भारत हो। यदी भारतले आईसीसीलाई सहयोग गर्न छाडे पाकिस्तानले कम सहयोग प्राप्त गर्ने निश्चित छ।

 

यस्तो अवस्थामा पाकिस्तानको क्रिकेट बोर्ड आर्थिक रुपमा सबल हुन आवश्यक छ। लगानीकर्ताको पछिल्लो वाचा पुरा भएमा पाकिस्तानको क्रिकेट बोर्ड आर्थिक रुपमा आत्मनिर्भर हुनसक्ने पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख रामिज राजाले बताएका छन्। हिन्दुस्तान टाइम्स

Nepali patro