साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

20.8K
shares
Nabil bank

काठमाडौं । नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भारतसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए । फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् ।

जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ ।

हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निनकै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ।

साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x