भाइबरले कोका–कोलासँगको साझेदारीमा दशैँ लेन्स

काठमाडौँ। क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको संचारको क्षेत्रमा एक अर्बभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कुराकानीलाई “शब्द मात्र“ मा सीमित नगर्ने भएको छ । भाइबरले कुराकानीलाई जिवन्त बनाउनमा लेन्सको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई स्वीकार्दै नयाँ र रोमान्चक फिचरहरु सार्वजनिक गरेको छ।

नेपालीका प्रमुख चाडपर्वहरूको अवसरमा यस्ता नयाँ र रोमाञ्चक फिचरहरूको श्रृंखला प्रस्तुत गर्नु आफ्नो विशिष्ट ट्रेन्ड रहेको जनाउँदै भाइबरले कस्टम दशैँ कोकलेन्स ल्याएको हो। नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दशैँ लेन्स ल्याएको जनाएको छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दशैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो हो । भाइबरका कोकाकोला दशैँ लेन्सले भाइबरका अन्य लेन्सहरूजस्तै सेवा प्रदान गर्दछन् । राकुटेन भाइबर र कोकाकोलाबीचको यो महत्वाकांक्षी सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य राखेको छ ।

भाइबरसँगको सहकार्यका सम्बन्धमा कोकाकोला नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन् ,“यो दशैँमा कोककोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्सहरू प्रस्तुत गर्न हातेमालो गरेका छन् । हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउनेछन् । आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस् र कोकाकोलाको बोतल र भाइबर लेन्सको माध्यमबाट उहाँहरूलाई धन्यवाद दिनुहोस् ।”

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्धसूत्र हो । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro