प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तिको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए ।

“गल्ति सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,” उनले भने,“ प्रचण्ड जी ले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्‍यो नी। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टिकरण दिनुपर्छ।”

नेता सिंहले प्रधानमन्त्री देउवालाइ आफू प्रम हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्याायधीश सुशिल कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गरे ।

कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीले विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro