रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलकाे लक्जम्बर्गमाथि शानदार जीत

13.1K
shares
Nabil bank

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ ।

विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो ।

खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोले खेलकाे अन्तिम समयमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गरेका थिए । समूहकै अन्य खेलमा शीर्ष स्थानमा रहेको सर्बियाले अजरबैजानलाई ३–१ ले हरायो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x