साफ च्याम्पियनसिप : नेपाल र बङ्गलादेश बिचकाे खेल आज हुँदै

20.9K
shares
Nabil bank

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश बिच खेल हुँदैछ ।

मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेश बीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेश विरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।

साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।

तर, नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आज नै भारतले माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x