फुटबल विकासका लागि नेपाल आएको हुँ , म इतिहास रच्न चाहन्छु , त्यो आज पूरा भएको छ : प्रशिक्षक अल्मुताइरी

Ghorahi cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरी नेपाली राष्ट्रिय टाेलीले एतिहासिक सफलता हात परेकाे बताएका छन् । बंगलादेशसँगकाे खेलपछिकाे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

त्यस्तै पशिक्षक अल्मुताइरीले नेपालकाे लागि आफ्नो प्रशिक्षणमा फाइनल खेल हुने त्यसपछि पद त्याग्ने घोषणा गरेका छन् ।

नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेकाे छ । नेपालले साफ च्याम्पियनपसिपमा फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो ।

तर, प्रशिक्षक अल्मुताइरीले भने आफूले टिमलाई ऐतिहासिक सफलता दिलाएको भन्दै साफको फाइनलपछि आफू नेपाल नफर्किने बताए ।

‘‘अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ । हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ ।

फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।’’

Nepali patro