साफ च्याम्पियनसिप फाइनल : नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै

साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेल आज हुँदैछ । नेपाल पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलकाे यात्रा तय गरेकाे टाेली हाे , भने भारत बलियाे प्रतिद्वन्द्वी हाे ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनलमा गोर्खाली शैलीमा खेल्ने बताएका छन्। शुक्रबार प्री-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले जितका लागि गोर्खाली शैली अप्नाउने बताएका हुन् ।

‘भोलि हाम्रो लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,’कप्तान किरणले भने ।

किरणले विगतलाई भुलेर उपाधि उचाल्ने गरी खेल्ने पनि बताए ।  माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । यस अघि लिग चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro