खेलाडी फर्किए तर मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी भने फर्किएनन्
वि.सं.२०७८ कात्तिक १ सोमवार
shares
काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपाललाई फाइनलसम्म पुर्याएका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी नेपाल फर्किएनन् । अलमुताइरी माल्दिभ्सबाट कतार हुँदै कुवेत प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याएका अलमुताइरीले यसअघि नै प्रशिक्षक छाेड्ने बताएका थिए ।
साफ च्याम्पियनसिपमा यसपटक भने नेपालले निकै शानदार खेल खेलेकाे थियो । नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेकाे नेपालले तेस्रो खेलमा भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।साफ च्याम्पियनसिपको १३ औं संस्करणको उपविजेता बनेसँगै स्वदेश आइपुगेका नेपाली राष्ट्रिय फुटबल टिमको भव्य स्वागत गरिएको छ ।
बिगत ६ महिनादेखी राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका र नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुर्याएका प्रशिक्षक अलमुताइरी नेपाल नफर्किएपछि नेपाली फुटबल फ्यानहरुले निकै दुःखी भएका छन् ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपको राउन्ड रोविनको अन्तिम खेलमा नेपाल नकर्फने बताएका थिए । प्रशिक्षक अलमुताइरीले गत साउन ११ गते राजीनामा गर्ने घोषण गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफूले राजीनामा दिन लागेको समेत बताएका थिए ।
त्यस्तै अलमुताइरीले खेलाडीकाे सम्मानका लागि फ्यानहरुलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका थिए ।

“यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ ।” उनले भनेका थिए ।
https://www.facebook.com/bbek.acharya.35/videos/349854770163136/
































