कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित
वि.सं.२०७८ कात्तिक ३ बुधवार
shares
कार्तिक ३, २०७८, काठमाडौं । विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ ।
नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिविटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रबर्द्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।
-कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित
सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ । सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग ग्रुपलाई अत्यधिक कम्प्याटिवल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसंगको सहकार्य मार्फत एलायन्सको प्राटोकल विकासलाई तिब्रता दिनेछ । यसका लागि ओपोले नयाँ प्राटोकल्सका लागि प्रस्तावना। नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउने छ ।
ओपोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीन लगायत अन्य क्षेत्रमा सीएसएको प्रबर्द्धन मार्फत कनेक्टिविटीको भविस्य ट्रान्सफरमेशनका लागि काम गर्नेछ । साथै, ओपोले अन्य सीएसए सदस्यहरुसंग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुतिरहित मल्टि—सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई पस्कने छ ।
‘म्याटरको विकास तथा आईओटी उत्पादन मार्फत आफ्ना प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्न सीएसएको बोर्ड अफ डाइरेक्टर्समा सम्मिलित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’, ओपोको स्ट्यान्डर्ड्स रिसर्च विभागका निर्देशक निल यांगले भने, ‘ ४० भन्दा अधिक देश मार्फत आईओटी तथा मार्केटिंगमा आर्जित हाम्रो वैश्विक विशेषज्ञता चीन लगायत क्षेत्रमा म्याटरको प्रबर्द्धनका लागि प्रदान गर्नेछौँ ।
सीएसए तथा यसका सदस्यहका साथमा हामी आईओटीको भविस्यलाई आकार दिनुका साथै, हरेक प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्ने आईओटी उत्पादनको निर्माणका लागि प्रतिबद्धतालाई पनि निरन्तरता दिनेछौँ।
‘बोर्ड अफ डायरेक्टर्सका रुपमा ओपोसंगको अभूतपूर्व सहकार्यले अधिक सहज, कल्पनाशील र उपयोगी संसार निर्माण गर्ने हाम्रो मिशनलाई थप गति प्रदान हुने हाम्रो विश्वास छ’, सीएसएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, टोबिन रिचार्डसनले भने ‘ बोर्डमा ओपोको उपस्थितीले म्याटरलाई चीन लगायत एसिया भर प्रबर्द्धनका लागि उल्लेख्य योगदान मिल्नेछ । यसले अरबौँ प्रयोगकर्तालाई सुदृढ आईओटी अनुभव प्रदान गर्न सघाव मिल्नेछ ।’
पछिल्लो समयमा जीगबी एलायन्सका रुपमा परिचित, द कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको स्थापना सन् २००२मा भएको हो । आईओटीको जग तथा भविस्यका रुपमा यसमा विश्वभरका ५ सय कम्पनी र २२ बोर्ड मेम्बर्स सम्मिलित छन् । करिव २ दशकदेखि सीएसए सदस्यहरु प्राविधिक मानकहरु मार्फत आईओटीलाई सहज तथा थप कम्प्याटिवल बनाउन संयुक्तरुपमा सहकार्य गरिरहेका छन्।
हाम्रो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ तिर अग्रसर हुँदै कठिनाईको सामना आफैँ गर्दै प्रयोगकर्तालाई फाइदा पुर्याउनु पर्छ भन्ने हाम्रो मान्यता छ । फाइभजीको विकाससंगै ओपोले आईओटी ईकोसिस्टम निर्माणका लागि लगानीलाई निरन्तर्ता दिँदै प्रयोगकर्तालाई अभिसरणमूखि अनुभव प्रदान गर्दै आइरहेको छ । फाइभजीकै अगुवाका रुपमा ओपोले अभूतपूर्व प्रविधिहरु पस्कँदै आइरहेको छ । सन् २०१४मा ओपोले फाइभजी स्ट्यान्डराइजेशन टिमको स्थापना गर्दै आफ्ना फाइभजी मानकहरु विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा तैनात गरी सकेको छ ।
ओपोद्वारा ३ हजार भन्दा बढी फाइभजी मानक सम्बन्धि प्रस्तावहरु थ्रीजीपीपीलाई हस्तान्तरण तथा १ हजार फ्यामिलिज् अफ फाइभजी स्ट्यान्डर्ड प्याटेन्ट ईटीएसआई सामू घोषणा गरिसेको छ । आजका मिति सम्म ओपो आईओटी ईकोसिस्टमले ३० समानसोच भएका पार्टनर्सलाई आफुतिर आकर्षित गरिसकेको छ । ओपोले आईओटी सिरिज अन्तर्गत स्मार्ट टीभी, वेयरेबल्स, अडियो उपकरण लगायत अन्य एक्सेसरिजहरु आफ्ना विश्वभरका प्रयोगकर्ता माझ पस्किसकेको छ ।
सबैका लागि त्रुतिरहित कनेक्टिविटी र अत्याधुनिक आईओटी अनुभव उपलब्ध गराउने आफ्नो उद्देश्य अनुसार ओपोले सीएसए तथा वैश्विक आईओटी समुदाय संगको आफ्नो सहकार्यलाई अझ प्रगाढ बनाउँदै खुला तथा दिर्घकालिन आईओटी ईकोसिस्टम निर्माणका लागि आफ्नो तत्परतालाई निरन्तरता दिइरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।






























