बाढी पहिरो अपडेट : हालसम्म मृत्यु हुनेकाे संख्या १०१ पुग्याे , ४० जना घाइते

2K
shares

काठमाडौं । सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएकाे तथ्याङ्क रहेकाे छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।

त्यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्। घाइते हरुकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन्। वेपत्ता हरुकाे खाेजी कार्य जारी रहेकाे छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुग्नुका साथै १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ ।

त्यस्तै याे अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पिडितलाई राहत तथा उद्धार गर्न, सवारी आवागमनमा उत्पन्न समस्या समाधान गर्ने जस्ता अन्य कामहरु भइरहेका छन् ।

 

civil hospital
Hams Hospitals