आईसीसी टी–२० विश्वकप – पाकिस्तानको लगातार दोस्रो जित
वि.सं.२०७८ कात्तिक १० बुधवार
shares
युएइ । आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेकाे छ। यसअघिको खेलमा भारतमाथि १० विकेटको जित निकाले पाकिस्तानको याे लगातार द्राेस्राे जित हाे ।
टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा गरेकाे पाकिस्तानले १८ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।
सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डका लागि डार्यल मिचेल र डेभोन कोनवेले सर्वाधिक समान २७ रन बनाउँदा कप्तान केन विलियमसनले २५ रन बनाएका थिए। त्यस्तै मार्टिन गुप्टिलले १७ रन बनाउँदा ग्लेन फिलिप्सले १३ रन बनाएका थिए।
पाकिस्तानका हरिस रउफले सर्वाधिक ४ विकेट लिँदा शहीन शाह अफ्रीदी, इमाद वसिम र मोहम्मद हफिजले समान १ र १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा आशिफ अलि र शोएब मलिकले अविजित २७ र २६ रन बनाए ।
बलिङतर्फ न्युजिल्याण्डका इस सोधिले २ विकेट लिँदा मिचेल स्यान्टनेर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १र१ विकेट लिए।
मंगलबार नै भएको पहिलो खेलमा साउथ अफ्रिकाले वेस्टइण्डिजलाई ८ विकेटले पराजित गर्याे भने बेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
































