एएफसी यू–२३ एसियन कप : नेपालकाे फराकिलो हार
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार
shares
काठमाडौं । ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्यो ।
हारसँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ।समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
































