ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट सामान किन्दा आकर्षक छुट
वि.सं.२०७८ कात्तिक १७ बुधवार
shares
काठमाडौं । ग्लोबल आईएमई बैंकले यसपालिको तिहारको लक्ष्मीपूजाको दिनबाट तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।
यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८३ शाखा, २ सय ५२ एटीएम, २ सय ६२ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।




























