टि-२० विश्वकप : टिम इन्डिया प्रतियोगिताबाट बाहिर, यी ४ टोली भिड्दै सेमिफाइनलमा, कहिले र कसको खेल ?
वि.सं.२०७८ कात्तिक २२ सोमवार
shares
टि–२० विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको नाम टुङ्गो लाग्नुका साथै खेलको टुङ्गो लागेको छ । योसँगै भारतीय टोलीको यात्रा टि–२० विश्वकपकाे यात्रा पनि समाप्त भएकाे छ ।
टि-२० विश्वकप अब अन्तिम चरणमा पुगेको छ, अन्तिम चार टोली सेमिफाइनलका लागि छनोट भइसकेका छन् र अब कसले प्रतिस्पर्धा गर्ने भन्ने स्पष्ट भएको छ ।
आइतवार अफगानिस्तानमाथि न्युजिल्यान्डको जितपछि टीम इन्डियाको यात्रा समाप्त भएको हाे ।
टि–२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीमा पाकिस्तान, न्युजिल्यान्ड, अष्ट्रेलिया र इंग्ल्याण्ड रहेका छन् । अब सेमिफाइनल नोभेम्बर १०, नोभेम्बर ११ र त्यसपछि फाइनल नोभेम्बर १४ मा हुनेछ ।
कसको खेल कहिले ?
१० नोभेम्बर सेमिफाइनल १ इङ्गल्याण्ड विरुद्ध न्युजिल्याण्ड
११ नोभेम्बर सेमिफाइनल २ अस्ट्रेलिया विरुद्ध पाकिस्तान
We have our Men's #T20WorldCup 2021 semi-finalists 🔥
Australia, England, New Zealand and Pakistan! pic.twitter.com/l85eefLmKH
— ICC (@ICC) November 7, 2021
































