म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले बर्खास्त

24.4K
shares
Nabil bank

एजेन्सी। म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गुन्नार सोलस्कजाएर बर्खास्त गरेकाे छ ।

क्लबको प्रदर्शन लगातार खस्केपछि क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । युनाइटेडकाे लगातार खराब प्रदर्शन पछि उनलाई बर्खास्ती गरिएको बताइएको छ ।

गए राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डसँग ४-१ को लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै युनाइटेडले खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा युनाइटेड पराजित हुँदै आएकाे छ । उनकाे बर्खास्ती पछि युनाइटेडले कसलाई प्रशिक्षक नियुक्त गर्ने भने बताएको छैन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x