प्रिमियर लिग : युनाइटेडसँग आर्सनल पराजित

ओल्ड ट्राफोर्डमा भएको निकै रमाइलो भिडन्तमा म्यान्चेस्टर युनाइटेडले आर्सनललाई ३–२ ले हराएर प्रिमियर लिगमा विजयी बाटोमा फर्किन सफल भएकाे छ ।

१३ औं मिनेटमा आर्सनल कर्नर बक्समा आइपुग्दा फ्रेड डेभिड डे गियाको खुट्टामा उभिएपछि गिया मैदानमा लडेका थिए , तर रिबाउन बललाई सदुपयोग गर्दै आर्सनल गाेल गर्न सफल भयाे ।

तर युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले समयमै गोल गर्दै रेड डेभिल्सको आर्सनलसँग बराबरीमा ल्याएका थिए । त्यसैगरी क्रिष्टियानो राेनाल्डाेले ५२ औं र खेलकाे अन्तिम समयमा पेनाल्टीमा गाेल गर्दै दुई गाेलकाे मद्दतमा ३-२ जित निकाले ।

याे गाेलसँगै रोनाल्डोले आफ्नो ८०० औं क्लब खेलमा  ८०१ औं क्लब गोल गर्न समेत सफल भएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro