भविष्यको पुनः चित्रण गर्दै, डिसेम्बर १५—१४ मा ओपोद्वारा पहिलो भर्चुअल ईन्नो वर्ल्ड मार्फत ओपो ईन्नो डे २०२१ को आयोजना गरिने
वि.सं.२०७८ मंसिर १९ आइतवार
shares
मंसिर १९, २०७८, शेङचन — चीनको शेङचनमा २०२१, डिसेम्बर १५—१४का दिन ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ । रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष बार्षिक प्राविधिक समारोहका रुपमा ओपो ईन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाईन ईन्नो वर्ल्ड मार्फत विश्वभरबाट सहभागीताको अपेक्षा गरिएको छ । यो भर्चुअल लञ्च ईभेन्ट हालका बर्षहरुमै सर्वाधिक अन्तरक्रियात्मक समारोह हुने आशा गरिएको छ ।
सन् २०१९मा पहिलो पटक ओपो ईन्नो डेको शुरुवात संगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ । ओपो ईन्नो डेको उदेघाटन मार्फत ओपोले एआर ग्लासेज्, फाइभजी सीपीई र स्मार्टवाट्च लगायत आफ्ना अभूतपुर्व प्राविधिका एकिकृत ईकोसिष्टमक प्रदर्शित गरेको थियो । पछिल्लो बर्ष ओपोले क्रान्तिकारी रोलेबल फोन लगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो । सन् २०२१का लागि ओपोले आफ्ना लञ्च ईभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाईज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल ईभेन्टको अन्तरक्रियात्मक विश्वमा परिमार्जित गरेको छ ।
ईन्नो वर्ल्ड मार्फत ओपो ईन्नो डे २०२१मा सहभागी हुनुहोस् ।
ओपो ईन्नो वर्ल्ड, ओपो ईन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो । ओपो ईन्नो वर्ल्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्लि सहभागिता जनाउन सक्नेछन् । तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्ररुपमा अवलोकन गर्न सक्ने ब्यवस्था कम्पनीले मिलाएको जानकारी दिइएको छ ।
अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिककरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका ईस्टर एगको खोजी पनि गर्न सक्नेछन् । ओपो ईन्नो वर्ल्ड डिसेम्बर १५देखि पूर्णतः पहुँचयोग्य हुने ओपोले जानकारी दिएको छ ।
डिसेम्बर ३मा ओपो ईन्नो वर्ल्डका लागि आफ्ना अवतार निर्माण गर्नुहोस् ।
ईच्छुक आगन्तुकले अहिले नै ओपो ईन्नो वर्ल्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १५ र १४का दिन ओपोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन् । ओपो ईन्नो डे सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नहाेस् ।































