बार्सिलोना बायर्नसँग पराजित ,च्याम्पियन्स लिगको नकआउटमा चरणमा पुग्न असफल

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार ०७:०८
  • सिंहदरबार न्युज

युरोपियन च्याम्पियन लिगमा बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।

पाँच पटकको विजेता टाेली सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।

नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्नेमा पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले पराजित गर्याे । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ।

बार्यनका लागि खेलको ३४ औँ मिनेटमा थोमस मुलर , लिरोय साने र जमाल मुसिआलाले एकएक गोल गर्दै बायर्नले शतप्रतिशत नतिजा निकालेकाे हाे ।