ओपो ईन्नो डे २०२१ मार्फत अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओपोको तयारी

2.4K
shares

मंसिर २३, २०७८, शेङ्चन — नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ । कम्पनीको हाल सम्मकै बृहत प्रविधिक समारोह मार्फत ओपोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिंग युनिट) र ओपोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रबर्तनहरु सार्वजनिक हुन तयार छन् ।

डिसेम्बर १५ र १४का दिन ओपो ईन्नो डे २०२१को आयोजना अनलाइन र अफलाइन दुबै माध्यमबाट हुनेछ । अनलाइन समारोहका दौरान ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिस्कृत कर्पोरेट रणनीति तथा आरएण्डडीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन् । त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरु मार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ ।

ओपो ईन्नो डे २०२१ मार्फ ओपोको नयाँ स्मार्ट ग्लासेजका बारेमा थप जानकारी पाउनुहोस्

ओपो ईन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्यूमन लगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ । साथै, ईमेजिङ, एआई, एआर र फाइभजी लगायत आफ्ना उल्लेखनिय नवप्रबर्तनहरु पनि सार्वजनिक गरिनेछन् ।

सन् २०१९मा यसको सुरुवात संगै ओपो ईन्नो डे मार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनिय नवप्रबर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन् । ओपो ईन्नो डे २०१९ मार्फत ओपोले एआर ग्लासेज, फाइभजी सीपीई र ओपो वाट्च स्मार्टवाट्च सिरिज लगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो । पछिल्लो बर्ष ओपोले ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो । यस बर्षपनि उक्त परम्परालाई निरन्तरता दिँदै ओपोले प्राविधिक विकासलाई नयाँ उचाई प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्नेछ ।

ओपो ईन्नो वर्ल्ड मार्फत ओपोका नवीनतम आविष्कारहरु अन्वेषण गर्नुहोस्

प्रयोगकर्ताहरुले आफ्ना अवतारको प्रयोग गर्दै ओपोका नयाँ नवप्रबर्तनहरुको अनुभव गर्न सकुन् भन्ने सोचका साथ ओपोले यस पटक भर्चुअल लञ्चको ब्यवस्थापनि गरेको छ । थप जानकारीका लागि डिसेम्बर १५ र १४का दिन भर्चुअल समारोहमा सहभागी हुनुहोस् ।

civil hospital
Hams Hospitals