मन्त्री अथकद्धारा भलिबल टिमलाई बिदाई

13.4K
shares
Nabil bank

काठमाण्डौं, ५ पौष

बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गर्नुभएको हो ।

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाई गर्दै मन्त्री अथकले उद्धेश्य प्राप्तीकालागि शुभकामना समेत दिनुभएको छ ।

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिवलको संस्थागत विकासमा उल्लेख्य काम हुन नसकेता पनि खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा निकाल्न सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु ।”

नेपाली टिम सोमबार मध्यान्न बंगलादेश उड्ने कार्यक्रम रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x