एमसीसी सदन लग्नु पूर्व अध्ययन आवश्यक छ : अध्यक्ष नेपाल

Ghorahi cement

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्नेमा जाेड दिएका छन् ।

सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए ।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

यसैगरी एमसीसी पास गर्ने सम्पूर्ण अधिकार जनतामा निहित रहेको तथा त्यो विषयमा जनता सामु लैजानु पर्ने अध्यक्ष नेपालले बताए ।

Nepali patro