काेराेना संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै , ९६८ आज थपिए
वि.सं.२०७८ पुस २३ शुक्रवार
13K
shares
shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार देशभर गरिएको १४ हजार ९७१ जनाको परीक्षणमा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा मृत्युदर भने शून्य रहेकाे छ। नेपालमा हालसम्म कोरोना संक्रमणका ११ हजार ६ सय २ मृत्यु भइसकेको छ।
यसैबीच नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
Subscribe
0 Comments
Oldest































