एमएडब्लू लाइफले सुरु गर्यो ‘जिप एक्सचेन्ज इभेन्ट’

11.9K
shares
Nabil bank

काठमाडौं। एमएडब्लू लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गर्न सकिने अफर ल्याएको छ।

२०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि एमएडब्लूले आज बुधवारदेखि देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट, ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको हो।

एक्सचेन्ज अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीले बजारमा सबैभन्दा उच्च मूल्य पाउने साथै स्पट फाइनान्सिङको सुविधा पनि दिइएको कम्पनीले बताएको छ।

साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन्। यसबीच, जिपको सबै मोडेलमा अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने भएको छ।

जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ।

जिप एक्सचेन्जबारे विस्तृत जानकारी https://jeep.com.np/exchange-with-jeep/ मा लगइन गरेर पाउन सकिनेछl

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x