नेपाल टेलिकमले प्रजातन्त्र दिवशको अवसरमा विशेष अफर

2.3K
shares
Nabil bank

काठामाण्डौं। नेपाल टेलिकमले प्रजातन्त्र दिवशको अवसरमा विशेष अफर ल्याएको छ।

भोलि (फागुन ७ गते) ७२ औं प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल गर्दा पैसा नलाग्ने जनाएको छ।

यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ।

सो अफर भोलि एक दिनका लागि मात्र उपलब्ध रहेको टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले जानकारी दिए।

साथै, सोही अवसरमा एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ।

मोबाइलमा भोल्टी सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ।

यो सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ। निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने जनाइएको छ।

civil hospital
Hams Hospitals