टि२० विश्वकप छनोट : अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश
वि.सं.२०७८ फागुन ९ सोमवार
14.9K
shares
shares
आइसिसी टि२० विश्वकप छनोट ए मा समूह बी बाट अपराजित रहँदै नेपाल विजेता रुपमा सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
सोमबार नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले सेमिफाइनलमा प्रवेश गरेकाे हाे।
नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई हराउन सके आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।
८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३७ बलमा ३ चौकासहित ३४ रनमा अविजित रहे ।
त्यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहे ।
Subscribe
0 Comments
Oldest
































