नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२२ हुने
वि.सं.२०७८ फागुन १९ बिहीवार
shares
काठमाडौ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair & Events Pvt. Ltd. ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको
Nepal Buildcon International Expo सातौैँ बर्षमा यहि २०७८, फागुन २७ गते देखि २९ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।
सो अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १ सय ५० भन्दा बढि स्टल रहने बुझिएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ६ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Construction Heavy Equipment, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Earth Moving Equipment’s, Material Handling Equipment’s, Aluminum Composite Panels हरु को पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार, यस प्रदर्शनीमा टाईटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज
(Hulas Steel Industries) रहने छ भने यस अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरु Nepal Engineering Association (NEA), Federation of Contractors Association of Nepal (FCAN), Society of Nepalese Architects (SONA), Heavy Equipment Parts Association तथा Confederation of Indian Industry (CII) रहने तथा ३ दिन सम्म संचालन हुने उक्त प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निमार्ण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने र विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउन एउटा माध्यम हुने तथा नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तराष्ट्रिय बजारसम्म पहुँच पुर्याउन सहयोगी हुने विश्वास लिएका छौँ ।
प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने विश्वास लिएका छौँ।






























