बाइडेनले भने- रुसलाई जी२० बाट अलग गराैं, जसले रुस संसारको सबैभन्दा ठूलो अर्थतन्त्रबाट अलग हुन् सक्छ
वि.सं.२०७८ चैत ११ शुक्रवार
shares
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहिबार बेल्जियमको राजधानी ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । युक्रेनमा भएको आक्रमणको जवाफमा रुसलाई औद्योगिक र विकासोन्मुख देशहरूको जी-२० समूहबाट बाहिर निकाल्नुपर्ने बाइडेनले बताए । जसका कारण रुस विश्वका प्रमुख अर्थतन्त्रहरुबाट अलग हुनेछ।
उनले भने कि यदि सदस्य राष्ट्रहरू रुसलाई हटाउन सहमत छैनन् भने युक्रेनलाई नेटो बैठकमा भाग लिन अनुमति दिनुपर्छ । बाइडेनले युक्रेन विरुद्धको युद्धमा पुटिनले रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बताए ।
-अन्तर्राष्ट्रिय व्यापारमा G20 को हिस्सा ७५ प्रतिशत
G20 देशहरूले विश्वको अन्तर्राष्ट्रिय व्यापारको लगभग ७५ प्रतिशत ओगटेको छ। विश्वको दुई तिहाई जनसंख्या यहाँ बस्छन् । रुस यसअघि नै पश्चिमा राष्ट्रले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । यसअघि सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि G8 बाट बाहिरिएको थियो।
यदि रूसलाई G20 बाट बाहिर निकालियो भने, यो एक शक्तिशाली प्रतीकात्मक कदम हुनेछ जसले रूसलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको साथ बस्नबाट रोक्न सक्छ।
बाइडेनले नाटो आज जति एकताबद्ध भएको छैन भने। युक्रेनमा भएको आक्रमणपछि पुटिनले आफूले चाहेको कुराको ठीक उल्टो भइरहेको छ । अमेरिका एक लाख युक्रेनी शरणार्थीलाई स्वागत गर्न तयार छ।
-G20 भनेको के हो?
यो १९ सदस्य राष्ट्रहरू र २० औं युरोपेली संघ मिलेर बनेको समूह हो । हरेक वर्ष हुने G20 शिखर सम्मेलनमा मुख्यतया आर्थिक मामिलामा छलफल हुन्छ । समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, युरोपेली संघ, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिका रहेका छन् ।
यी सबै सदस्य राष्ट्रहरूले मिलेर विश्वको कुल गार्हस्थ उत्पादनको ८० प्रतिशतभन्दा बढी ओगटेका छन्। G20 विश्वको सबैभन्दा शक्तिशाली देशहरूको G7 समूहको विस्तारको रूपमा हेरिन्छ। G7 मा फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानडा छन्।
































