नाट्टाको निर्वाचनका लागि अर्को समूहले पनि घोषणा गर्यो आफ्नो टिम
वि.सं.२०७८ चैत १४ सोमवार
shares
काठमाडौं।नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस्(नाट्टा)को चैत्र १७ गते हुने निर्वाचनका लागि विनय बस्नेतले आफ्नो टिमघोषणा गरिएको छ । नाट्टाका वर्तमान उपाध्यक्षसमेत रहेका विनय थापाले आज पत्रकार सम्मेलन गरी चैत १७ गते हुन लागेको ५५औँ वार्षिक साधारणसभा एवम् २३औँ निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनको टिममा वरिष्ठ उपाध्यक्षमा सुधिर कुमार उपाध्यय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वान तुलाधार श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह कोषाध्यक्षमा गीता ढकाल रहेका छन् । यस्तै सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौड्यल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा लामा, सुमन लाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।
उनीहरुले विनय बस्नेतको नेतृत्व हाम्रो समूहको नामबाट आफूलाई परिचय गराएका हुन् । यो टिमको घोषणा पत्र यस्तो छः
१. सम्पूर्ण NATTA का सदस्यहरुलाई नेपाल सरकारद्वारा घोषणा गरिएको सहुलियत ऋण प्रवाह गराउन र ऋण लिएकाहरुलाई त्यसको ब्याज ब्यवसाय पुनर्स्थापना नहुँदासम्म थपिदिन अर्य मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरिनेछ ।
२. Buddist International Travels mart ( BITM) लाई प्रभाकारी रुपमा अगाडि बढाउन नेपालस्थित सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ र हालको भन्दा बढी संख्यामा बुद्धिस्ट बिदेशी धार्मिक पर्यटक नेपाल भित्र्याउन प्रयत्न गरिनेछ !
३. तत्काल व्यवसाय प्रवर्द्धन गर्न NATTA Sales Mission आयोजना गरी छिमेकी मुलुकहरू चिन, भारत, बङ्गलादेश, श्रीलंकामा विशेष प्रवर्द्धन प्याकेजसहित प्रचार-प्रसार गरिनेछ ।
४. नेपाल सरकार, स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, बैंक वित्तीय सस्थाहरु र आवस्यक सरोकारवाला निकायहरूसँग सहकार्यगरी अगाडि बढीने छ !
५. बिगत लामो समय देखी समस्यामा रहेको पर्यटक बस पार्कको समस्या समाधान गर्न यथाशिघ्र समन्धित निकायहरु सँग सहकार्य गरी काठमाण्डौमा पर्यटक बसपार्क निर्माण गर्न नेत्रित्वदाइ भूमिका खेलिने ।
६. Inbound र Outbound Tour Operate गर्ने NATTA का सदस्यहरुमा परिरहेको Payment Gateway समन्धी समस्याहरूलाई नेपाल राष्ट्र बैंकसँग समन्वय गरी समाधान गरिनेछ ।
७. बहुराष्ट्रिय कम्पनिका अध्यक्ष एवं CEO हरू, प्रसिद्ध मिडियाकर्मीहरू, blogger, Writer तथा सेलेब्रेटीहरुलाई नेपाल भ्रमण गराई नेपाललाई विदेशमा प्रचार-प्रसार गर्न NATTA फाम ट्रिपको आयोजना गरिनेछ ।
८. सदैव आइपर्ने IATA को दीर्घकालीन समस्या समाधान गर्न विशेषज्ञ कानुन व्यबसायी लाई संस्थामा नियुक्त गरी आवश्यक कदम चालिनेछ ।
९. नेपालको भू-भाग प्रयोगगरी मानसरोवर संचालन गर्ने NATT का सदस्य कम्पनीहरुलाई पर्न गएको समस्या समाधान गर्न AKTON सँग सहकार्य गरी नेपाल सरकार र कुटनितिक नियोग मार्फत पहल गरिनेछ ।
१०. आन्तरिक पर्यटन प्रवर्द्धन गर्न NATTA प्रदेश तथा च्याटरको नेतृत्वमा सरकारी तथा गैर-सरकारी संघ सस्थाहरुसँग सहकार्य गरी Border City Tourism Promotion संचालन गरिनेछ ।
११. आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकारद्वारा घोषणा गरिएको पर्यटकीय काज बिदा अर्थात् LTC लाई तत्काल पूर्ण रुपमा कार्यन्वयन गराउन पहल गरिनेछ ।
१२. NATTA का सदस्यहरुको कर्मचारीहरुलाई व्यवसायिक क्षेमता अभिवृद्धि गर्न समय समयमा NATTA ले तालिम दिने व्यवस्था गरिनेछ ।
१३. विद्यमान बाझिएको पर्यटन यातायात ऐन २०४९ लाई समय सापेक्ष संम्सोधन गर्न र पर्यटन यातायातको छुटै पहिचान कायम गर्न पहल गरिनेछ ।
१४. नेपालका भूभाग प्रयोगगरी मानसरोबर यात्रा गर्दा NATTA का सदस्य कम्पनीहरुलाई पर्न गएको समस्या समाधान गर्न AKTON सँग सहकार्य गरी नेपाल सरकार र कुटनीतिक नियोग मार्फत पहल गरिनेछ ।
१५. सन्चालनका तयारीमा रहेका भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सन्चाल गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिनेछ ।
१६. NATHAM र अन्य पर्यटन कलेजहरु सँगको सहकार्यमा दक्ष पर्यटन जनशक्ति निर्माण गर्न जोडदार पहल गरिनेछ ।
१७. विद्यमान बाझिएको पर्यटन यातायात ऐन २०४९ लाई समय सापेक्ष परिवर्तन गरी पर्यटन यातायातको छुटै पहिचान काएम गराउन पहल गरिनेछ ।
१८. राष्ट्रिय झण्डा वाहाक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्स लगायत नेपालमा उडान गरिरहेका अन्य एयरलाइन्स कम्पनीहरूसँग समन्वयन गरी विदेशका गन्तव्यहरुमा प्रवर्द्धन कार्य गरिनेछ ।
१९. कोभिड-१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई लएमा फर्काउन सरोकारवाला निकायहरुसँग समन्वयन गरी विशेष प्याकेजको घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिनेछ ।
२०. दर्ता बिनै Online Ticketing गरिरहेका कम्पनीहरुलाई निरुत्साहित गरिनेछ ।
21. NATTA का सदस्यहरुलाई मुख्यत: Ticketing Agencies हरुलाई GDS प्रणाली प्रयोग गर्न पहल गरिने छ।
२२. आएटद्वारा Void टिकटमा लगाएको चार्ज फिर्ता लिनको लागि पहल गरिनेछ ।
२३. आन्तरिक पर्यटन प्रवन्धनको लागि ७ वटै प्रदेशमा पर्यटक यातायात संचालन गर्न संघीय सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकाय र NATTA प्रदेशसँग समन्वयगरी पर्यटन यातायात संचानल गरिनेछ ।
२४. पर्यटकहरु लाई अर्गानिक फुड प्रयोग गर्न प्रत्सोहान गरिने छ !
२५. २०२२ भित्र कम्तिमा १० लाख बिदेशी पर्यटकहरु लाई नेपाल भित्र्याउन NATTA ले बिशेष अगुवाई गर्ने छ!
NATTA कै नेत्रित्व NATTA मार्फत नै संबृध नेपाल निर्माण गरौ ! पर्यटन ब्यवसायको पर्बर्धनको मुख्य द्वार NATTA लाई बनाऔ ! जय NATTA, जय पर्यटन ब्यवसाय नै बिनय बस्नेत समुहको प्रतिबद्दता !




























