Banner ad for NADA AUTO SHOW -2026

पोल खोलिदिएको भन्दै चौधरीसङ्ग गोकुल बाँस्कोटा आगो

2.4K
shares

काठमाडौं।नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको कम्पनी सीजी टेलिकमलाई एक दशक नाघिसक्दा पनि बेसिक टेलिफोन र मोबाइल फ्रिक्वेन्सीको लाइसेन्स नदिएको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँसकोटाको पोल खोलिएको छ ।

सबैकुरा मिलिसकेको अवस्थामा सपरिवार स्विट्जरल्याण्ड र स्पेन घुमाएर ल्याएपछि बाँसकोटा बाउँठिएको र कम्पनीलाई उक्त सेवाको अनुमति नदिइएको रहस्य खुलाइएको हो ।

चौधरीका जेठा छोरा निर्वाणले विगतमा मन्त्री हुँदा बाँसकोटासँग भएका कतिपय अन्तरंग सहमति सामाजिक सञ्जालमा पोष्ट गरेपछि बाँसकोटा ‘फायर’ भएका हुन् । चौधरीले आफ्नो कम्पनीलाई लाइसेन्स दिने क्याबिनेट निर्णयपछि बाँसकोटा सीजी टेलिकम लञ्चका लागि स्पेनको बार्सिलोना गएको अर्थ लाग्नेथरी ट्विट गरेका छन् ।

‘मेला भर्न गा”को,बाटोमै भेट भा”को । विश्व मोबाइल कँग्रेसमा । हेक्का रहोस्, सत्य एउटा मात्रै हुन्छ । चोर बाटोबाट दिने निर्णय प्रचण्ड क्याबिनेटले जाँदाजाँदै गरेको हो, हामीले होइन ।’

ट्वीटमा लेखिएको छ, ‘आदरणीय पूर्वमन्त्रीज्यूले सबै कुरा बुझेर पूरा तयारीकासाथ मोबाइल वर्ल्ड कँग्रेसमा पुग्नुभा”थ्यो । नत्र मन्त्रीजस्तो व्यक्तिलाई कसैले तानेर एमओयुमा लैजान मिल्छ र ? फर्केपछि वरिपरिकाले के के भने अनि उहाँले २५ लाखको प्रोपोगण्डा शुरु गर्नु भो !’

चौधरीको आरोपपछि पूर्वमन्त्रीले उनलाई निमेषभरमा जवाफ फर्काएका थिए । जवाफमा ‘आफू संयोगले मात्रै बार्सिलोनाको उक्त कार्यक्रममा’ पुगेको स्पष्टिकरण दिइएको छ ।

बाँसकोटाको उक्त जवाफमा उल्लेख गरिएको ‘संयोग’ ले छिमेकीको घरमा हालखबर बुझ्न फुत्त पुगेकोझैं अर्थ लाग्छ । तर सरकारी ओहोदामा रहेका,त्यो पनि हजारौं किलोमिटर टाढाको विदेश, क्याबिनेटको औपचारिक निर्णय बिना मन्त्री त्यस्तो कार्यक्रममा फुत्त पुग्नै नसकिने टेलिकम क्षेत्रका विज्ञहरु बताउँछन् ।

‘सत्तामा आफू पुग्दा सिजी देखेनन्,एनसेल देखेनन्,वाइडबडी पनि देखेनन्,यति,ओम्नी आदिका चरम लुट देखेनन् । जब बार्दली पुगे, तब आदर्शका कुरा छाँट्न थाले ।

बाँसकोटाले लेखेका छन्, ‘मेला भर्न गा”को,बाटोमै भेट भा”को । विश्व मोबाइल कँग्रेसमा । हेक्का रहोस्, सत्य एउटा मात्रै हुन्छ । चोर बाटोबाट दिने निर्णय प्रचण्ड क्याबिनेटले जाँदाजाँदै गरेको हो, हामीले होइन ।’

चौधरीलाई ह्यासट्याग गरिएको अर्को ट्वीटमा बाँसकोटाले ‘एक करोड १८ लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गरोस् न पहिले १६ जिल्लामा पिसीओ राख्न अनुदान ले”को त्यसको कम्पनीले,’ भन्दै चर्को भाषा लेखेका छन् ।

चौधरीको स्टाटसमा झापाली घाँडो नामका एक जना कमेन्ट गर्दै भन्छन्, ‘सत्तामा आफू पुग्दा सिजी देखेनन्,एनसेल देखेनन्,वाइडबडी पनि देखेनन्,यति,ओम्नी आदिका चरम लुट देखेनन् । जब बार्दली पुगे, तब आदर्शका कुरा छाँट्न थाले । हैट यो देशको तोरी राजनीति देख्दा भोट भन्दा पनि हरियो घाँस टब्बामा खसालौं झैं लाग्दछ ।’

पूर्वमन्त्रीलाई जिज्ञासा राख्दै सुनिलले सोधेका छन्, ‘गोकुलजी, तपाईं आफैं तालुकदार मन्त्रालयमा हुँदा किन असुलउपर नगरेको ? सरकारी रकम हिनामिना गर्नेलाई त्यसबेला कारवाही किन नगरेको ? तपाईं असक्षम किन हैन ?’ जनआस्था साप्ताहिकबाट

civil hospital
Hams Hospitals